विपद पूर्व तयारी प्रतिकार्य अन्तरक्रिया गौरमा सम्पन्न, बाढी र कटानको उच्च जोखिममा रहेको रौतहटबासी आश्वासन बाहेक अरु केही पाउदैनन गौर नपाको मेयर गुप्ताको टिप्पणी

   ५ बैशाख २०७८, आईतवार १७:५८  

सपना झा
रौतहट, ५ वैशाख । प्रदेश नम्वर २ मै बाढी कटानको उच्च जोखिममा रहेको रौतहट जिल्लामा आईपर्ने विपदलाई कसरी न्यूनिकरण गर्ने सन्दर्भमा विपद पूर्व तयारी प्रतिकार्य सम्बन्धि अन्तरक्रिया कार्यक्रम आईतवार गौरमा सम्पन्न भएको छ ।
जिल्ला विपद व्यवस्थापन समिति रौतहटद्धारा गौरमा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा भौतिक रुपमा उपस्थित नभएपनि जुमएपको माध्यमबाट उपस्थित भएका विपद न्यूनिकरण तथा जोखिम व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले प्रदेश २ मै रौतहट जिल्लाका जनताहरु बाढी र कटानको समस्याबाट बर्षेणी भोग्दै आएको जनधनको क्षतिलाई न्यूनिकरण गर्नका निमित्त समस्याहरु पहिचान गर्न प्राविधिकहरुको टोली यतिवेला त्यहाँ पठाइएको बताए ।
पश्चिममा लाल बकैया र पूर्वमा वागमती नदीबाट घेरिएका जिल्लामा साना साना नदीहरुको कारण बर्षेणी त्यहाँका जनताहरु ठूलो क्षति बेहोर्नु परेको छ भने अर्को तर्फ राज्यको लगानीमा तयार भएका बाँध, स्पर, बाटो, पुल पुलेसाहरुमा क्षति हुँदा करोडौंको नोक्सानी झेल्नु परेको हुँदा त्यसता क्षतिहरुलाई न्यनिकरण गर्दै जानको लागि स्थानीय सरकारको समन्वयमा आपतकालिन तथा दिर्घकालिन कार्यहरु तदारुक्ताको साथ अघि बढाउनु पर्नेमा जोड दिए ।


सो कार्यक्रममा सिंचाई विभागको सिडिई विसुनदेव यादवले वागमती नदीको पुर्वी बाँधमा खैर्वा, हजरिया र कर्मैया, पश्चिमी बाँधमा व्रम्हपुर, बसतपुर, पिपरा, रजवाडा, धरमपुर र लक्ष्मिपुर तथा लाल बकैया नदीको पुव तर्फको टिकुलिया, महादेवपटि, जिगडवा र फतुवा हर्षाहा एवं पश्चिम तर्फ बन्जरहा, वैरिया, तेजापाकड, मौलापुरमा बाँध गत बर्षको बाढीमा बाँध भत्किएको तर आवश्यक बजेटको अभावमा निर्माण एवं मर्मत कार्य हुन सकेको छैनन् । भत्किएको उक्त स्थानहरुको बाँध मर्मत एवं निर्माण गर्नका निमित्त ४१ करोड ४९ लाख रकम खर्च लाग्ने सोको लागि अर्थ मन्त्रालयमा पत्राचार भएको स्पष्ट पारे ।


प्रदेश नम्वर २ का मेयर क्लवको अध्यक्ष तथा परोहा नगरपालिकाको मेयर शेख वकिलले प्रत्येक बर्ष स्थानीय तहको लगानीमा बाँधहरु मर्मत तथा सम्भार गरिने कार्य भईरहेको छ तर त्यसलाई दिर्घकालिन रुपमा व्यवस्थापन गर्न गराउन स्थानीय तहको क्षेत्रबाट सम्भव नहुने भएको हुँदा संघिय सरकार गम्भीर हुनुपर्ने नितान्त आवश्यक रहेको बताए । संघिय सरकार गम्भीर नभए रौतहटको जनताहरु बर्षेणी मारमा परिरहेको तथा करोडौंको लागतमा निर्माण भईरहेको विकास निर्माणको कार्यहरु क्षतिग्रस्त हुने कार्यलाई तत्कालै नियन्त्रण तर्फ आवश्यक कदम चाल्न माग गरे ।


मेयरक्लवको अध्यक्ष तथा गौर नगरपालिकाको मेयर अजयकुमार गुप्ताले विगतको बर्षहरुमा बाढी तथा डुवान हुदा संघिय सरकारको ठूल ठूला जमातहरु आएर चाँडै समस्या समाधान गर्ने भने झुठा आश्वान मात्रै रौतहटबासीहरु अहिले सम्म पाउदै आएको दुख व्यक्त गर्दै स्थानीय तह वा स्थानीय प्रशासनको प्रयासबाट बाढी र डुवानको समस्या न्यूनिकरण नहुने बताए । संघिय सरकारमा प्रतिनिधित्व गर्ने संघिय साँसद प्रदेश साँसदहरुको उपस्थितिमा अल्पकालिन र दिर्घकालिन योजनाहरु मास्टर प्लान बनाएर क्रमश अघि बढेमा मात्रै सफलता पाउने नत्र कार्यक्रम गरिनुको कुनै औचित्व नरहने स्पष्ट पारे ।
वागमती र लाल बकैया मात्रै समस्या होइन यहाँ झाझ नदी सवै भन्दा ठूलो समस्या रहेको त्यसमा पनि दक्षिणी सिमानामा भारतद्धारा बनाइएको ठूलो बाँध हो, त्यस बाँधमा पानी निकासको लागि बनाइएको सुलिस गेट बर्षा याममा किन खोलिदैन यसवारे नेपाल सरकार र भारत सरकार विच किन वार्ताहरु भएन बाँधको कारण नेपाली भुभाग डुब्दै गरेपनि नेपाली सरकार चुप लागेर मात्रै बसेको गम्भीर आरोप उनले लगाए ।
जनता समाजवादी पार्टी नेपालको केन्द्रीय सदस्य रेबन्त झाले २०७४ सालमा जिल्ला विपद व्यवस्थापन समितिमा आएको २२ करोड रुपैया त्यसै किन थन्किएको होला ? प्रश्न गर्दै बर्षेणी बाढी र डुवानबाट जनधनको क्षति भईरहदा पनि उक्त रकम खर्च हुदैन, यदी रकम खर्च हुँदैन भने खर्च नहुने रकम किन थन्काइएको होला ? जस्ता उनले जिल्ला विपद व्यवस्थापन समितिको पदाधिकारीहरु संग प्रश्न गरे ।
सो अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रामएकवाल यादव, चन्द्रपुरको मेयर रामचन्द्र चौधरी, देवाही गोनाहीको मेयर धर्मेन्द्र पटेल, माधवनारायण मेयर विरेन्द्र यादव, गढीमाईको श्यामप्रसाद यदाव, गुजराको सन्तलाल चौधरी सहित १८ वटै स्थानीय तहको प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसपी, वागमती तथा लाल बकैया नदी नियन्त्रण आयोजनाको प्रमुख अखलाख अन्सारी तथा जेष्ठ नागरिक संघका अध्यक्ष विजयकिशोर झा सहितको गैरसरकारी संघसंस्थाको प्रमुखहरुको उस्थिति रहेको जिल्ला प्रशासन कार्यालय रौतहटको नायव सुब्बा रामनरेश साहले जानकारी दिए ।
(नोट ः समाचार लेख्ने परिक्षार्थी पत्रकार हुन्)

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै