माधवनारायण नगरपालिकाका नगरप्रमुख बैजनाथ यादव विरुद्ध अख्तियारमा उजुरी

155 Shares

रौतहट, ६ पुस । अनाधिकृत रुपमा नगरपालिका माथि बोझ दिने गरी आर्थिक अनियमितता गरेको भन्दै माधवनारायण नगरपालिका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडा स्थित कार्यालयमा उजुरी परेको छ ।
नगरप्रमुख बैजनाथ प्रसाद यादवले भ्रष्टाचार गरेको भन्दै छानविनका लागि नेकपा माओवादीबाट मेयरका प्रत्याशी देवनारायण भगतद्धारा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा उजुरी दिइएको हो ।
मेयर यादवले खाजा र खानाको नाममा नगरपालिकाको लाखौं बजेट हिनामिना गरेको भन्दै नेकपा माओवादी केन्द्रका माधवनारायण नगर कमिटी अध्यक्ष एवं मेयर प्रत्याशी भगतले आवश्यक छानविनका लागि अख्यिारको कार्यालय हेटौडामा निवेदन दर्ता गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार