मधेश प्रदेश सांसदहरुलाई शपथ ग्रहण कहिले गराउने

166 Shares

जनकपुरधाम, ६ पुस । मधेश प्रदेश सभाका सांसदहरुलाई शपथ खुवाउने ज्येष्ठ सदस्यको टुंगो लागेको छ ।
प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले ज्येष्ठताका आधारमा नेकपा एकीकृत समाजवादीका प्रदेश सभा सदस्य गोविन्द बहादुर न्यौपाने बाट शपथ गराउने चयन भएको जानकारी दिए । न्यौपानेको उमेर ७१ वर्षको रहेको छ ।
न्यौपाने अस्वस्थ रहेमा शारदा शंकर कलवारले सांसदहरुको शपथ तयारी गराउने उनको भनाइ छ । शारदा शंकरको उमेर ७० वर्ष छ । प्रदेश सभा सदस्यलाई शपथ ग्रहण कहिले गराउने भने अहिलेसम्म निश्चित भएको छैन । सचिवालयले अगामी आइतवार सर्वदलीय बैठक बोलाएको छ । सो बैठकबाट शपथ ग्रहणको मिति तय हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार