145
Shares
काठमाडौं, ६ पुस । मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २० प्रतिशत लाभांश दिएको छ ।
लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी एक अर्ब २० करोडको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांशको कर प्रयोजनको लागि समेत गरी १० प्रतिशत नै नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छन् ।
लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीमा वितरण गरेको छ ।