138
Shares
काठमाडौं, ६ पुस । सगरमाथा इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई १३.१६ प्रतिशत लाभांश दिएको छ । ५ पुस मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८÷७९ को मुनाफबाट उक्त लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले सेयरनीलाई हाल कायम चुक्ता पुँजी १२.५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको छ । सोही लाभांशको कर प्रयोजनको लागि ०.६६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण गरिएको छ ।