अनपेक्षित व्याजदर विरोधमा चन्द्रपुर नगर उद्योग वाणिज्य संघद्धारा राष्ट्र बैंक सहित २६ बैंकलाई बुझाए ज्ञापन पत्र

155 Shares

रौतहट, ६ पुस । बढ्दो ब्याजदरको कारण उद्योगी व्यवसायीहरु पिडित बन्दै गएपछि चन्द्रपुर नगर उद्योग वाणिज्य संघद्धारा बुधवार राष्ट्र बैंक सहित चन्द्रपुरमा २६ वटा बैंकमा ज्ञयापन पत्र बुझाएका छन् ।
चन्द्रपुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष उदयनारायण सापकोटाको नेतृत्वमा गएका उद्योगी व्यवसायीहरुले आज चन्द्रपुरमा रहेका विभिन्न २६ वटा बैंकका प्रबन्धक तथा राष्ट्र बैंकलाई इलाका प्रशासन कार्यालयको मार्फत ज्ञयापन पत्र बुझाएका हुन ।
कोभिड १९ ले निम्त्याएको आर्थिक संकटको घडीबाट बल्ल बामेसर्दै गरेको नेपाली अर्थतन्त्र र व्यवसायीक जगतलाई फेरी बैंकहरुले गरेको अनपेक्षित ब्याजदर बृद्धिबाट उद्योग क्षेत्रलाई नमज्जाले थिचेको ज्ञयापन पत्रमा उल्लेख गरिएको छ । यसबाट सम्पूर्ण व्यापारी, व्यवसायी तथा उद्यामीहरुलाई प्रत्यक्ष मार परेको साथै त्यसको असर सम्पूर्ण उपभोक्ता वर्गमा समेत पर्न गएको बताइएको छ ।
बजारमा अस्वभाविक मूल्यवृद्धि, आर्थिक मन्दी सृजनाको अवस्था लगायतका असरहरु अनपेक्षित व्यजदरमा वृटिकै उपज रहेको चन्द्रपुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष सापकोटाले गुनासो गरे । बजारका सम्पूर्ण व्यापारीहरुलाई किस्ता तिर्न समेत धौं धौं परेको अवस्था छ, भने नयाँ व्यापार गर्ने योजना बनाइरुहेका व्यापारीहरुलाई व्यवसाय सुरु गर्न समेत असहज परिस्थिति सृजना भएको स्पष्ट पारे । जसबाट कतिपय व्यापारीहरुको टाट पल्टिने अवस्थामा पुगेको गुनासो गरे ।
सापकोटाका अनुसार राष्ट्रिय विकासको मेरुदण्डको रुपमा रहेका व्यापारी, व्यवसायी र उद्यमीहरुको हकहित तथा आम उपभोक्ताको सर्वोपरी हितलाई ध्यामा राखेर बैंकिंग संस्थाहरुले दायित्वबोध गर्दै त्यसतर्फ ध्यान दिनु जरुरी भएको छ । अनपेक्षित व्याजदर बृद्धि फिर्ता लिई निक्षेपमा अधिकतम २ प्रतिशत र कर्जामा अधिकतम६ प्रतिशत सम्म ब्याजदर कायम गराई व्यापारलाई सहुलियत कर्जा वितरण गर्न समेत राष्ट्र बैंक सहित विभिन्न बैंकिंग संस्थाहरु संग माग गर्दै ज्ञयापन पत्र बुझाइएको अध्यक्ष सापकोटाले जानकारी दिए ।

चन्द्रपुर नगर उद्योग वाणिज्य संघद्धारा बुधवार निकालिएको विरोध जुलश एवं ज्ञापन पत्र बुझाउने कार्यक्रममा सरिक भएका उद्योगी व्यवसायीहरुको फिचर तस्रवीहरु ।

प्रतिक्रिया

सम्बन्धित समाचार