शोभराज आज कारागारमुक्त हुँदै, मिडियाबाट टाढा राख्न कारागार प्रशासन संग आग्रह

116 Shares

काठमाडौं, ८ पुस । सिरियल किलरको रुपमा प्रख्यात रहेका फ्रान्सेली नागरिक चाल्र्स शोभराजले कारागार प्रशासनलाई कारागारबाट मुक्त हुने समयमा मिडियाबाट टाढा राख्न आग्रह गरेका छन् ।
कारागारबाट मुक्त हुने क्रममा मिडियाकर्मीबाट कुराकानी नगर्ने र तिनीहरुबाट टाढा राख्न आग्रह केन्द्रीय कारागार प्रशासन संग आग्रह गरेका हुन् ।
उनलाई कारागार प्रशासनले आजै अध्यागमन विभागमा उपस्थित गराउँदैछ । अध्यागमनले पासपोर्ट लगायतका कागजपत्र हेरेर उनकै देश फ्रान्स फर्काउने तयारी गरिएको छ । नेपालमा १९ वर्षदेखि जेल सजाय भोगिरहेका शोभराजलाई गत बुधबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएका थिए । साथै १५ दिनभित्र स्वदेश फर्काउन आदेश दिएको थियो ।
शोभराजले फ्रान्सबाट आएका आफन्तहरु हायत होटेलमा रहेकाले आफूलाई केही दिन त्यहीँ बस्ने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । शोभराज सन् १९६३ देखि १९७६ को अवधिमा थाइल्याण्ड, पाकिस्तान, भारत, मलेसिया, फ्रान्स, अफगानिस्तान, टर्की र ग्रिसमा श्रृंखलाबद्ध हत्या गरेर फरार अभियुक्त व्यक्ति थिए । उनीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले ग्रिन कर्नर नोटिस जारी गरेको थियो ।
शोभराज २१ डिसेम्बर १९७५ मा नेपालको भक्तपुरमा आरमण्ड लरेन्ट क्यारियर र त्यसको दुई दिनपछि कोनिजो ब्रान्ची नामका युवतीको हत्या गरेको आरोप थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार