नेपाल पत्रकार महासंघ रौतहट विरुद्ध जारी भएको उत्प्रेषण पर्मादेश खारेज

   ५ बैशाख २०७८, आईतवार १८:२१  

तराई टप संवाददाता
रौतहट, ५ वैशाख । नेपाल पत्रकार महासंघ रौतहट शाखा विरुद्ध परेको अन्तरिम आदेशको रिट माथि आईतवार उच्च अदालत जनकपुरको अस्थायी इजलाश विरगंजमा सुनवाई हुँदा अल्पकालिन अन्तरिम आदेश गर्नुपर्ने आवश्यक्ता नरहेको भनेर फैसला गरेकोे छ ।
नेपाल पत्रकार महासंघको सदस्य दिनेश यादवले नेपाल पत्रकार महासंघ रौतहट शाखालाई विपक्षी बनाएर चैत ३० गते उच्च अदालत जनकपुरको अस्थायी इजलास विरगंजबाट उत्प्रेशन पर्मादेश जारी गराएका थिए । उक्त उत्प्रेणन पर्मादेश माथि आज माननिय न्यायाधिशद्धय गणेश प्रसाद वराल र जनक पाण्डेको संयुक्त इजलाशमा दुवै पक्षको अधिवक्ताहरुद्धारा वहस गरिएको थियो ।
निवेदकको तर्फबाट अधिवक्ताहरु शिववहादुर कोइराला, विनय सिंह र विरेन्द्र प्रसाद यादव तथा विपक्षीको तर्फबाट अधिवक्ताहरु सुधिरकुमार कर्ण र शैलेन्द्र चौरसियाले बहस गरे ।
निर्वाचनको टुंगो नलागे सम्म पदभारग्रहण, सपथ नगराउन निर्वाचित पदाधिकारी विरुद्ध आदेश जारी गर्न निवेदकको दावी हुँदा उत्प्रेषण पर्मादेश जारी गरिएका थिए तर सवै कागजातहरुको अवलोकन गर्दा चैत २६ गते नै पदभार तथा सपथ लिएर वैठक बसी कार्य आरम्भ गरिसकेको हुँदा अन्तरिम आदेश नहुँदा निवेदकलाई अपूर्णीय क्षति समेत हुने नदेखिदा निवेदकको माग वमोजिमको अन्तरिम आदेश जारी गरी रहनुपर्ने आवश्यक्ता विधमानता नदेखिएको हुनाले चैत ३० गते जारी गरिएको अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिई रहनु परेन भनेर न्यायाधिशद्धयले फैसला दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै