करोडौको लागतमा बनेका वृद्धा आश्रम अलपत्र अवस्थामा

227 Shares

रौतहट, ८ पुस । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्वर ७ स्थित बनबहुअरी स्थित सामुदायिक वनको जग्गामा तीन करोडको लागतमा निर्माण भएको वृद्धा आश्रम संचालनमा आउन सकेको छैनन ।
सघन सहरी विकास मन्त्रालयले तीन करोड खर्च गरेर निर्माण गरेको वृद्धा आश्रम संचालनमा आउन नसकेर अलपत्र अवस्थामा पुगेका हुन् । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरको खाली जग्गामा बनेको बुद्धा आश्रम संचलनमा ल्याउनु पर्ने स्थानीय बासिन्दाको माग छ ।
निर्माण सम्पन्न भएको एक बर्ष हुन लाग्दा समेत भवन संचालन आउन सकेन, के कारणले संचालन हुन नसकेको स्थानियले बुझ्m्न नसकेको बताउछछन् । उक्त भवनमा खेलकुद एकडेमीका लागि नगरपालिकाले संचालनमा ल्याउनु पर्ने स्थानीय बासिन्दा भरत आचार्यले बताए ।
करोडौको लागतमा बनेको सो भवन एक वर्षदेखी अलपत्र बनेको छ । आचार्यका अनुसार वडा नम्वर ७ मा रहेका सवै सरकारी कार्यालयहरु जस्तै वडा कार्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकी लगायतका कार्यालयहरु सो स्थानबाट संचालन गर्न सकिने सुझाव दिए । चन्द्रपुर नगरपालिकाका मेयर संजय काफ्लेले अहिलेको कार्यपालिका बैठकबाट सो भवनलाई संचालनमा ल्याउने भन्ने विषयमा छलफल गरेर अगाडी बढ्ने स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार