तराई टप संवाददाता
रौतहट, ५ वैशाख । हर्षोल्लासको साथ लोक आस्थाको पर्व चैती छठ पुजा अन्तर्गत आज साँझको अर्घ दिएर तेश्रो दिनको पुजा सम्पन्न भएको छ ।
हिन्दु धर्मावलम्वीहरुले मनाउने लोकआस्थाको पर्व चैती छठ पुजा गर्न जिल्ला भरीको पोखरी, नदी लगायतको जलासय किनारमा व्रतालीहरु उपस्थित भई अस्ताइरहेको सुर्यलाई अर्घ दिई सझिया घाँटको पुजार सम्पन्न भएको हो ।
भोली विहान पुन ः बतालु महिला एवं पुरुषहरु उक्त स्थानहरुमा भेला भई उदाइरहेको सुर्यलाई अर्घ दिएपनि यो पर्व सम्पन्न हुने छ । छठ पुजा बर्षमा दुई चोटी मनाउने गरेको छ । तिथि अनुसार पहिलो कात्र्तिक महिनामा र दोश्रो चैत्र महिनामा, कात्र्तिक महिनाको अनुपातमा केही कम व्रतालुहरु व्रत गर्ने गरेको पाइएको छ ।
कोरोना महामारीका विच पनि आज छठघाटहरुमा व्रतालु एवं श्रद्धालु भक्तजनहरुको घुइचो लागेका थिए । कोरोना संक्रमण उच्च दरमा रहदा सुरक्षामा खटिने सुरक्षाकर्मीहरुको उपस्थिति देखिएन ।
(पर्मानन्द पाठकजी र जितेन्द्र साह (राधे राधे जी) को फेसबुक वालबाट फोटो लिएको)