चीनमा विश्वकै सबैभन्दा ठूलो कोभिड–१९ महामारी, एकै दिन ३.७ करोड मानिस संक्रमित

146 Shares

बेइजिंग । चीन अहिले कोभिड १९ बाट नराम्ररी प्रभावित भएको छ । कोभिडबाट दैनिक करोडौं मानिसहरु संक्रमित भईरहदा अवस्था दिनप्रतिदिन धरासायी हुँदै गएको हो ।
यसै हप्ताको एकै दिन चीनमा झण्डै ३.७ करोड मानिस कोभिड–१९ बाट संक्रमित भएको छ, ब्लूमबर्ग न्यूजले चिनियाँ सरकारको शीर्ष स्वास्थ्य अधिकारीको अनुमानलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।
डिसेम्बरको पहिलो २० दिनमा करिब २४.८ करोड मानिसमा यो भाइरसको सक्रमण भएको हुनसक्ने बताइएको छ । कोभिड महामारीले चीनमा सबैभन्दा ठूलो प्रकोपलाई निम्त्याएको जुन विश्वको सबैभन्दा ठूलो महामारीको रुपमा चीन अगाडी बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार