बारा, ९ पुस । बारा जिल्लाको जितपुर स्थित एक होटलबाट दुई किलोग्राम युरेनियम सहित तिन जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपालको १२ नम्वर गण बाराबाट खटिएको प्रहरी टोलीले जितपुरसिमरा उपमहानगरपालिका ७ जितपुर स्थित आदित्य होटलको कोठा नम्वर ४ बाट दुई किलो युरेनियम सहित तिन जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीको मधेश प्रदेश मुख्यालय छिन्नमस्ता बाहिनीले जनाएको हो ।
जितपुरसिमरा उपमहानगरपालिका ५ का २९ बर्षिय रबी चौधरी, सोही स्थानका ३० बर्षिय सागर चौधरी र रौतहट माधवनारायण नगरपालिका २ का २२ बर्षिय वृज सहनीलाई दुई किलो युरेनियम सहित पक्राउ गरिएको सशस्त्र प्रहरी मधेश प्रदेश प्रमुख एवं डिआईजी गणेश ठाडा मगरले जानकारी दिए ।
युरेनियम सहित तिनै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बारालाई जिम्मा लगाइएको उनले बताए