136
Shares
काठमाडौं, १० पुस । काठमाडौं उपत्यकामा आज न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियसमा रहेको छ । तापक्रम यस वर्षको अहिलेसम्मकै कम हो ।
जल तथा मौसम विज्ञान विभागको मौसममा पूर्वानुमान महाशाखाका मौसम विद हिरा भट्टराईले आज बिहान पौने ६ बजे गरिएको रेकर्डमा काठमाडौं उपत्यकाको तापक्रम ४.५ डिग्री सेल्सियस मापन भएको बताए ।
उनका अनुसार शनिबार भने न्यूनतम तापक्रम ५.३ डिग्री सेल्सियस मापन भएको थियो । काठमाडौं उपत्यकामा आज बिहान देखी अन्य दिन भन्दा आज बढी चिसो महुसस भएको छ । मौसम विदका अनुसार काठमाडौं उपत्यकासहित देशभर चिसो बढने क्रममा छ ।