नयाँ सरकार गठनको सकस, राष्ट्रपति कार्यालयले दिएको समय आज सकिन लागे

179 Shares

काठमाडौं, १० पुस । नयाँ सरकार गठनको लागि सहमति गरिने दलहरूलाई राष्ट्रपति कार्यालयले दिएको समय आज सकन लागेको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०७९ को परिणाम सहित प्रतिवेदन बुझाएपछि राष्ट्रपतिले सात दिनभित्र नयाँ सरकार गठनको लागि पुस ३ गते आह्वान गरेकी छिन् ।
नयाँ सरकार गठनको लागि नेपालको संविधानको धारा ७६ को उपधारा १ बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेपछि संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था रहेको छ ।
व्यवस्था अनुसार राष्ट्रपतिले पुस १० गते बेलुका ५ बजे भित्र दाबी पेस गर्न राष्ट्रपतिले दलहरूलाई आह्वान गरेकी हुन् । यता सत्ता गठबन्धनमा अझै सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति जुटेको छैन । प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुबैले दाबी गरिरहेको छ ।
आलोपालो प्रधानमन्त्री बन्ने भन्ने विषयमा सहमति जुटे पनि पहिलो कार्यकाल कसले चलाउने भन्ने विषयमा विवाद भएको छ ।
गठबन्धनको बैठक आज बिहान बसेको थियो तर सहमती नहुदा प्रचण्ड बालुवाटार छाडी बालकोट ओली निवास पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार