विराटनगर, १० पुस । सुनसरी–मोरङ औद्योगिकले करोडमा नयाँ स्टिल उद्योग थपिएको छ । ५ जना व्यावसायीले २ अर्ब ५० करोड लगानीमा नयाँ स्टिल उद्योग स्थापना गरेको हो ।
सुनसरीको दुहबी नगरपालिका वडा नं.१ का परास्टोकीमा स्थापित उद्योगले बजरंग ब्रान्डको टीएमटी उत्पादन गर्नेछ । नयाँ स्थापित उद्योगले व्यावसायिक कारोबार सुरु गरिसकेको सञ्चालकले बताएका छन् ।
उद्योगले स्टिल बिलेटको व्यावसायिक कारोबार सँग छड, च्यानल र आइबिमको उत्पादन गर्ने उद्योगको निर्देशक रमेश राठीले बताएको छ । भट्टी राखेर आफैं बिलेट उत्पादन गर्ने उनले भने । उद्योग भारतको टाटा स्टिल्सबाट कच्चापदार्थ ल्याउने जनाएको छ । युरोपियन टेक्नोलोजीको प्रयोग गरेर उत्पादन सुरु गरेको उनले बताए ।
देश निर्माणको ठूला परियोजना सञ्चालनमा रहेकाले गुणस्तरीय टीएमटी छडको मागलाई धान्न उद्योग स्थापना गरिएको निर्देशक राजकुमार गोल्छाले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन