141
Shares
कैलाली, १० पुस । टीकापुर वडा नं. ८ श्रीलङ्कामा जङ्गली जनावर हात्ती र छाडा पशुचौपायाका डरले आलुखेती गरिएको छ ।
श्रीलङ्काका स्थानीय किसानले यहाँको माटो बलौटे रहेकाले आलुखेतीको लागि उत्तम रहेको र आलुखेतीलाई पशुबाट जोगाउन सहज भएकाले आलुखेती रोजेको बताएको हो ।
किसानले आलुखेतीको लागि रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फले सघाएको छ । आयोजनाले किसानलाई साढे २२ बिघा जमिनमा सामूहिकरूपमा आलुको ब्लक प्रदर्शनका लागि सघाएको छ । व्यक्तिगतरूपमा खेती गर्नको लागि समेत सहयोग गरेको छ ।