रामनवमीको अवसरमा भोली ८ गते प्रदेश भरी सार्वजनिक विदा

   ७ बैशाख २०७८, मंगलवार १५:०७  

 

तराई टप संवाददाता
रौतहट, ७ वैशाख । हिन्दु धर्मावलम्बीहरुको महान पर्व राम नवमीको अवसरमा प्रदेश नम्वर २ को सरकारले प्रदेश भरी सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
प्रदेश नम्वर २ को आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवद्धारा हस्ताक्षरित विज्ञप्तीमा हिन्दुहरुको महान पर्व राम नवमीको हार्दिक मंगलमय शुभकामनाको साथै प्रदेश सरकारले मिति २०७८ वैशाख ८ गते प्रदेश भरी सार्वजनिक विदा दिने निर्णय गरे अनुसार सवैमा जानकारीको लागि सुचना जारी गरिएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै