मलंगवामा राष्ट्रिय वाणिज्य बैङ्कको शाखा कार्यालय सुचारु

122 Shares

सर्लाही, १० पुस । सर्लाही सदरमुकाम मलङ्गवामा राष्ट्रिय वाणिज्य बैङ्कको शाखा संचालनमा आएको छ ।
मलङ्गवा नगरपालिका वाड नं.९ का बैङ्कको २६४ औँ शाखा संचालनमा आएको हो । प्रदेश सभा सदस्य कौशलकिशोर रायले बैङ्कको शाखा उद्घाटन गरेको शाखा प्रवन्धक सुशील कुमार महतोले जानकारी गराए ।
कार्यक्रममा सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारी बैङ्कको नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारी लगायतको आतिथ्यता रहेको थियो । सर्लाहीमा राष्ट्रिय वाणिज्य बैङ्कको ा शाखा पाँचवट भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार