रौतहट, १० पुस । गौर भन्सार कार्यालयका कर्मचारीको मिलोमतोमा संगठित रुपमा तस्करी भईरहेको पाइएका छन् ।
सिमा वारीपारीको अबैध कालो कारोवारीहरु भन्सार कार्यालयको कर्मचारीको सेटिंग अर्थात मिलोमतोमा संगठित रुपमा तस्करी गराईरहेको रहस्यहरु खुल्दै गएका हुन् ।
मालसमानहरुको प्रत्येक पोकामा २ हजारको भन्सार काट्ने र ६ हजार रुपैया कर्मचारीहरु गोजीमा हाल्दै राजस्व चुहावट गर्ने गरेको श्रोतले बतायो । यसरी संगठित रुपमा भईरहेका यस्ता अवैध कारोवारलाई संरक्षण गर्ने सुरक्षाकर्मीहरुले गरेका छन् ।
सीमा सुरक्षा चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक विजय खड्काले खुलेआम रकम लिएर मात्रै पोके कारोवारी देखि लिएर संगठित तस्करहरुका सामानहरु निर्वाध रुपमा छाडिने गरेको ति श्रोतले दाबी गरे ।
गौर भन्सार कार्यालय अगाडी जडान भएको सिसि टिभी क्यामरालाई जानी जानी विगारेर भन्सार कर्मचारी राजस्व संकलन कम भएको बहाना देखाउदै आन्तरिक रुपमा तस्करी कार्यलाई संस्थागत बनाउदै गएको ति श्रोतले गम्भीर प्रश्न चिन्ह खडा गरे ।
पूवी नाका भएर मदिरा, कष्मेटिक र कपडाको अबैध कारोवार जारी
राजदेवी नगरपालिकाको लक्ष्मिपुर वेलविछवा र ब्रम्ह्पुरी भएर सयौं कार्टुन मदिरा दैनिक रुपमा भारत तर्फ जाने गरेको तथा सीमा पारी भारतबाट कपडा, सुर्ती, पशुचौपाया लगायत विभिन्न सामाहरु नेपाल भित्रिदा दैनिक रुपमा लाखौं राजस्व प्रभावित भईरहेको बताइएको छ । उक्त कार्यमा सशस्त्र प्रहरीको लक्ष्मिपुर स्थित विओपीका उमेश ढकालको संरक्षणमा अबैध कारोवारी जारी रहेको बताइएको छ । राजनीतिक संरक्षण पाएका केही तस्करहरु दिउसै र रातिको समयमा सयौं कार्टुन मदिरा भारत तर्फ तस्करी गराउने गरेका छन् ।
पश्चिमी नाका बाट चिनी, खानेतेल, स्पेयर पाट्र्स
गौर नपा २ महादेवपर्टी भएका टायल्स, कपडा, सुर्ती, चिनी लगायतका सामानहरु नेपाल आउने गरेको तथा भारत तर्फ मदिरा र प्रतिबन्धीत लागु औषधको कारोवार जारी रहेको छ । यस्तै बन्जरहाबाट अमरजीत सहित ५ जनाको समुहले केराउ, छोकरा, कपडा, चिनी लगायतका सामानहरु नेपाल भारत ल्याउने लैजाने गरेको छ । नरकटियाबाट बच्चाबाबु र रुपेश भन्ने व्यत्तिले चिनीको ठूलो कारोवार गरिरहेका छन् उक्त कार्यलाई विओपी सरमुजवाको संरक्षण प्राप्त रहेको बताइएको छ । श्रोतका अनुसार डिआइजी देखि लिएर जिल्लाको एसपी सम्मको नाममा लाइनको रकम उठ्ने गरेको भएपनि त्यहाँ सम्म रकम पुगेको थाहा नरहेको बताए ।
रामपुरखाप भएर हरिकिशुन साह भन्ने चतराले कपडा र चिनीको ठूलो परिमाणमा कार्य गरिरहेको र सो कार्यलाई विओपी रामपुरखापको संरक्षण प्राप्त रहेको ति श्रोतले दाबी गरेका छन् । श्रोतका अनुसार सेटिंग नभएका मालसामानहरुलाई मात्रै घुमुवा प्रहरी वा अन्य विओपीबाट खटिएको टोलीले नियन्त्रणमा लिने गरेको भएपनि सेटिंग भएकालाई निर्वाध रुपमा छाडिने गरेको बताइएको छ ।
ठूलो परिमाणमा तस्करी हुँदा समेत नियन्त्रणको लागि खासै पहल भएको देखिदैनन । किन भने नियन्त्रण गर्ने निकाय नै सेटिंग हुँदा कसरी राकिन सकिन्छ भने प्रश्न अहिले उठेको छ । लाइनर घुमुवा प्रहरी मोटाउदै भन्सार राजस्व दुब्लाउदै स्वभाविकै रहेको बताए ।
तस्वीर फिचर