सपना झा
रौतहट, ७ बैशाख । कोभिड १९ को संक्रमण विद्यालय तिर फैलिन सुरु भएपछि छात्रछात्राहरु तथा शिक्षकहरुको सावधानीको लागि रौतहटको गरुडा नगरपालिकाले नगर भित्रका सवै सामुदायिक तथा संस्थागत विद्यालयहरु एक साताको लागि मंगलवार देखि बन्द गरेको छ ।
रौतहटको गरुडा नगरपालिकाका अन्तर्गत केही विद्यालयहरुमा कोभिड १९ को संक्रमण शिक्षकहरुमा देखापरे पछि संक्रमितको सख्या बढ्दै जादा विद्यालयहरुमा अध्ययन गर्ने छात्रछात्राहरुको साथै शिक्षकहरुलाई कोरोनाको जोखिमबाट मुक्त गराउने उद्देश्यबाट गरुडा नगर कार्यपालिकाको निर्णयबाट आज देखि एक साता सम्मको लागि सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गरिएको हो ।
विद्याथी र शिक्षकहरुमा कोरोना भाइरस सँग मिल्दो जुल्दो लक्षण देखा परेकाले कोरोना भाइरस उच्च जोखिमबाट जोगिन गरुडा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरु एक साता बन्द गर्ने गरुडा नगरपालिकाले एक सुचना जारी गरि जानकारी दिइएका छन् ।
गरुडा नगरपालिका क्षेत्र भित्रका सम्पुर्ण विद्यालय मंगलबारबाट एक साता सम्मको लागि बन्द गरी कोभिडको महामारीबाट जोगिन सर्तकता अपनाइएको नगरपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृत मोहम्मद मुस्ताक आलमले बताए ।
(समाचार तयार पार्ने परिक्षार्थी पत्रकार हुन्)