517
Shares
तराई टप संवाददाता
काठमाडौं, ७ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समुहका पार्टीका २७ सांसदलाई स्पष्टीकरण सोधेका छन् ।
अध्यक्ष ओलीले मंगलबार माधवकुमार नेपाल समूहमा रहेका २७ प्रतिनिधिसभा सदस्यलाई स्पष्टीकरण सोधेका हुन् ।
नयाँ राजनीतिक दलको स्वरुपमा गतिविधि गरेको भन्दै उनले पठाएको पत्रमा सोधिएको छ, तपाईंलाई संघीय संसदको सदस्य पदबाट किन नहटाउने ? आधार कारण सहित तीन दिन भित्र स्पष्टीकरण पेश गर्नुहुन निर्देशन जारी गरिएका छन् ।’
पत्रमा यस्ता गतिविधि कायम रहे जुनसुकै बेला थप कारबाही हुनसक्ने चेतावनी समेत प्रधामन्त्री ओलीले दिइएको छ ।