प्रधानमन्त्री प्रचण्डले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरे, उपप्रधानमन्त्री सहित ८ मन्त्रीले सपथ लिए

195 Shares

काठमाडौं, ११ पुस । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दहाल प्रधानमन्त्री पद तथा गोपनियताको सपथ लिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका हुन् । सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री प्रचण्ड सहित तिन उपप्रधानमन्त्री र ४ मन्त्रीले सपथ लिएका छन् ।
उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीक रवि लामिछाने रहेका छन् । पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालयको कार्यभार सम्माल्ने छन् ।
मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहेका छन् । उनीहरुको कार्यभार पछि तोकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार