वारा, १२ पुस । बारा जिल्लाको निजगढ नगरपालिकामा दुई वटा वडामा प्र्रतिबन्धित गाँजा खेतीलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सोमवार फडानी गरेर नष्ट गरेका छन् ।
सशस्त्र प्रहरीको मधेश प्रदेश कार्यालय छिन्नमस्ता बाहिनीले प्रेस विज्ञप्ती जारी गर्दै बाराको निजगढ नगरपालिका वडा नम्वर १२ र १३ स्थित ३० कत्ठामा व्यवसायीक खेती गरेका प्रतिबन्धित गाँजाको खेतीलाई हिजो सशस्त्र प्रहरीको सुरक्षा वेस क्याम्पबाट डिएसपीको कमाण्डमा इप्रका निजगढबाट खटिएको नेपाल प्रहरी सहित संयुक्त सुरक्षाकर्मीहरुको टोलीले फडानी गरेर नष्ट गरेका हुन् ।
सशस्त्र प्रहरीका डिआइजी गणेशबहादुर ठाडा मगरले विशेष सुचनाको आधारमा उक्त वडाको विभिन्न स्थानमा मकै र घेराघारीको विचमा लगाएको प्रतिबन्धित गाँजा खेतीलाई फडानी गरेर नष्ट गरेको बताए । व्यवसायीक रुपमा यस्ता खेतीहरु मकै र केरा घारीको विचमा गरेर कसैले हेर्न नपाउन भनेर गरिएका हुँदा सशस्त्र प्रहरी र नेपाल प्रहरी मिलेर नष्ट गरेको जानकारी दिए । मधेश प्रदेशमा यस्ता गाँजा खेतीलाई नष्ट गर्ने अभियान संचालन गरिएको छ । मधेश प्रदेशका जिल्लाहरुबाट अपराध नियन्त्रणको कार्यमा निरन्तर रुपमा अहोरात्री सशस्त्र प्रहरी खट्ने कार्यमा जुटेको उनले भने ।



बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन