प्रधामन्त्री ओलीले स्पष्टीकरण सोधे लगतै नेपाल समुहको वैठक बानेश्वरमा सुरु

533 Shares

तराई टप संवाददाता
काठमाडौं, ७ वैशाख । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शार्म ओलीले पार्टीका २७ जना संघिय साँसद संग सोधिएको स्पष्टीकरणको जवाफ पछि अहिले माधवकुमार नेपाल पक्षका साँसदहरु छलफलमा जुटका छन् ।
प्रधामन्त्री ओलीले ओलीले वरिष्ठ नेता नेपाल सहित २७ जना सांसदलाई स्पष्टीकरण सोधे पछि ति समुहका साँसदहरु छलफलमा जुृटेका हुन् । स्पष्टीकरण सोधेको केही घण्टा पछि वरिष्ठ नेपाल सहितका सांसदहरू आन्तरिक छलफलमा जुटेका बुझिएको छ । स्रोतका अनुसार उनीहरू बानेश्वरको एक होटल बसेर छलफल गरिरहेका छन् ।
पार्टी अध्यक्ष ओलीले पार्टी र सरकार विरूद्ध गतिविधि गरेको भन्दै तीन दिन भित्र चित्तबुझ्दो स्पष्टीकरण दिन २७ सांसदलाई पत्र पठाएका छन् ।
अध्यक्ष ओलीले माधव नेपाल, झलनाथ खनाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, पवित्रा निरौला, झपट रावल, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, भवानी खापुङ, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, नारायण खतिवडा, गणेश पहाडी, जयकुमार राई, दिपकप्रकाश भट्ट, योगेशकुमार भट्टराई, हिराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, कृष्णलाल महर्जन, सरलाकुमारी यादव, नीरादेवी जैरु, रामकुमारी झाँक्री र मुकुन्द न्यौपानेलाई स्पष्टीकरण सोधेका छन् ।

सम्बन्धित समाचार