चीन जाने विदेशी यात्रुहरु क्वारेन्टिनमा बस्नु नपर्ने

187 Shares

काठमाडौं, १२ पुस । कोरोना संक्रमणको नयाँ लहर बढिरहको चीनमा विदेशी यात्रुहरुलाई क्वारेन्टिनमा बस्नुपर्ने नियम हटाएको छ ।
आगामी ८ जनवरीदेखि चीन जाने विदेशी यात्रुहरु क्वारेन्टिनमा बस्नुपर्ने नियम हटाएको हो । सन् २०२० मार्च तिर चीन जाने सबै विदेशी यात्रुहरुलाई क्वारेन्टिनमा बस्नुपर्ने नियम थियो । यद्यपि क्वारेन्टिमा बस्नुपर्ने अवधि सुरुमा तीन हप्ता रहे पनि त्यसलाई घटाउँदै पाँच दिनमा कायम गरिएको थियो ।
चीन सरकारले केही दिनयता लगातार कोभिडसँग सम्बन्धित प्रतिबन्धहरु खुकुलो बनाउँदै लगेको छ । नयाँ नियम अनुसार चीनले कोभिडलाई ए श्रेणीको संक्रामक विरामीबाट बी श्रेणीमा झारेको चीनको स्वास्थ्य आयोगले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नोबेल कोरोना भाइरस निमोनियाको नाम परिवर्तन गरेर संक्रमण राख्ने निर्णय समेत भएको चीनको स्वास्थ्य आयोगले जनाएको छ ।
चीनमा कोरोना संक्रमणका बिरामीहरु बढिरहेको समाचार आइरहेका छन् । केही दिनअघि मात्रै विश्व स्वास्थ्य संगठनका अधिकारीले चीनमा बढिरहेको कोरोनाको लहर प्रति चिन्ता बढाउने किसिमको रहेको भनेर टिप्पणी गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार