धनगढी, १२ पुस । कैलालीमा नक्कली नोट, बाघको हड्डी र जडिबुडीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरिएको छ ।
धनगढी उपमहानगरपालिका वडा नं. ४ का बसपार्क र वडा नं. १३ को राजपुरबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो । साल्ट ट्रेडिङ कर्पोरेसन अगाडी नक्कली मुद्राको कारोबार भइरहेको सूचनाका आधारमा एक हजारका चार नोटसहित चुरे गाउँपालिका वडा नं. ६ का ५५ वर्षीय लालबहादुर साउँदलाई पक्राउ गरिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
उनका अनुसार अनुसन्धानका क्रममा एक हजार दरका थप १३८ नोटसहित अन्य चार जनालाई पक्राउ गरिएको थियो । पक्राउ पर्नेमा राजपुरस्थित एक होटलमा डेरा गरी बसेका दार्चुलाको लेकम गाउँपालिका वडा नं. ६ का ३३ वर्षीय लिलाधार मिश्र, डोटी शिखर नगरपालिका वडा नं. १० का ३० वर्षीय करनसिंह धामी, १९ वर्षीय टेकेन्द्र धामी र बडिकेदार गाउँपालिका वडा नं. १ बस्ने ५० वर्षीय मोहन सिंह बोहरा रहेका छन् ।
राजपुरमै डेरा गरेर बस्ने धामीको कोठा खानतलासी गर्दा सुत्ने खटियाको सिरानीमुनि लुकाएर राखेको अवस्थामा १३८ थान नक्कली नोट, जेब्रा झोलामा बाघको जस्तो करीब साढे ५ किलो देखिने अस्थीपंजर हड्डी र प्लाष्टिकभित्र लुकाएको अवस्थामा प्रतिबन्धित जडिबुडी पनि बरामद गरिएको प्रहरी नायब उपरीक्षक जोशीले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन