181
Shares
काठमाडौं, १२ पुस । मृत्यु भइसकेका मानिसको नाममा सामाजिक सुरक्षा भत्ता वितरण गरेको आरोपमा मझुवागढी नगरपालिका वडा नं. ४ तत्कालीन सचिव सहित ३ जना विरुद्ध मुद्दा दायर गरिएको छ ।
सचिव प्रसाद मोहन आचार्यसहित ३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको हो । सोमबार आयोगले तत्कालीन वडा सचिवहरू आचार्य, जानुका श्रेष्ठ र पवन श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको छ ।
पवन श्रेष्ठ विरुद्ध ३५ हजार, जानुका श्रेष्ठविरुद्ध १ लाख ७७ हजार र आचार्य विरुद्ध ५५ हजार बिगो माग दावी लिइएको अख्तियार प्रवक्ता श्याम प्रसाद भण्डारीले बताए ।