चिनमा युवा वेरोजगारको संख्यामा बढोत्तरी हुँदै

141 Shares

बेइजिंग । कोरोना भाईरसको महामारीबाट चीनको अर्थव्यवस्था अत्यन्तै खस्किदै गएको छ त्यसमा पनि चीनमा १६ देखि २४ वर्ष उमेरका करिब २ करोड मानिस विभिन्न सहरमा बेरोजगार रहेका अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ।
सीएनएनले हालै त्यसबारे अध्ययन गरेर रिपोर्ट सार्वजनिक गरेको हो । आधिकारिक तथ्यांक अनुसार चीनको शहरी युवा जनसंख्या १ करोड ७० लाख छ। तथ्यांकमा ग्रामीण बेरोजगारी समावेश गरिएको छैन ।
द हङकङ पोस्टका अनुसार चीनमा युवा बेरोजगारी दर यो वर्ष नयाँ उचाइमा पुगेको छ । युवा बेरोजगारी दर मार्चमा १५.३ प्रतिशतबाट बढेर अप्रिलमा १८.२ प्रतिशतमा पुगेको छ । अर्को केही महिना सम्म निरन्तर बढ्दै जुलाईमा १९.९ प्रतिशतमा पुगेको थियो ।
अगस्टमा यो दर थोरै घटेर १८.७ प्रतिशतमा झरेको थियो । तर , बेरोजगार दर अझै पनि अहिले सम्मकै उच्च रहेको राष्ट्रिय तथ्यांक विभागको तथ्यांकले देखाएको छ ।
कोभिडका कारण सृजित बेरोजगारीका कारण हरेक पाँचमध्ये एक जना सक्षम चिनियाँ कामबाट बञ्चित भएका छन् ।
चीनमा सञ्चालित शीर्ष कम्पनीहरूले आफ्ना कर्मचारीहरूलाई निकाल्दा देशले आर्थिक गिरावटको सामना गरिरहेको छ । एनडीटीभी

प्रतिक्रिया

सम्बन्धित समाचार