फुलजोर निर्माण अन्तिम चरणमा पुगे

155 Shares

जब्दी, १२ पुस । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ३, जब्दी र ईश्वरपुर नगरपालिका वडा नं. ८ का रामपुरमा जोड्ने गरी फूलजोर खोलामा निर्माणाधीन पुलको काम अन्तिम चरणमा पुगेको छ ।
वर्षौ देखि प्रतिक्षारत सो पुलको निर्माण कार्य पूरा हुन लाग्दा स्थानीय वासिन्दा खुसी भएका हुन् । सो स्थानमा पुल नहुँदा वर्षायाममा खोला वारपार गर्न समस्या हुँदै आएको थियो ।
पुलबाटै आवतजावत गर्न मिल्ने भएपछि स्थानीय खुसी भएका हुन् । जब्दीका स्थानीय अर्जुन चौधरीले पुल निर्माण भएसँगै वर्षायाममा जोखिम मोलेर बाढीमा हेलिएर खोला वारपार गर्नुपर्ने बाध्यता अन्त्य भएको बताए ।
ईश्वरपुर नगरपालिकाको रामपुर, बयलवास, रामनगर, बेला, मनहर्वा र चन्द्रनगर गाउँपालिकाका वासिन्दाले लालबन्दी बजारसम्म आउन छोटो दूरीमा पर्ने भएकाले फुलजोर खोला तरेरै आउने गरेका छन् ।
ईश्वरपुर नगरपालिकावडा नं. ८ का वडाध्यक्ष श्याम थापाले दुई साता भित्रमा पुलको निर्माण कार्य पूरा हुने गरी काम भइरहेको जानकारी दिए । अघिल्लो वर्ष असारमा पुल ढलान गरेकै राति खोलामा बाढी आएर पुलको केही भाग बगाएपछि लामो समयसम्म निर्माण कार्य रोकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार