काठमाडौं, १२ पुस । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका वाड नं. २६ कालिका चोकमा ग.२ ख १२४० नम्बरको टिपरले ग.१४ प १३०६ नम्बरको स्कूटरलाई सोमबार दिउँसोमा ठक्कर दिँदा स्कूटर चालक सोही महानगरपालिका वडा नं. २८ कालिका बस्ने ६२ वर्षीय कृतिराम पाण्डेको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कास्कीकै पोखरा महानगरपालिका वडा नं. २५ हेम्जा सुन्दरपुरी चोकमा ग.१७ प ७३४५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय रत्न बहादुर बिकको सोमबार साँझ मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएको फिस्टेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बझाङको छबिस पाथिभेरा गाउँपालिका वडा नं. ३ स्थित सडकमा से.२ त २३४३ नम्बरको ट्याक्टर पल्टिएर सोमबार साँझ दुर्घटना हुँदा ट्याक्टर चालक सोही गाउँपालिका वडा नं. ५ बस्ने २८ वर्षीय मंगल धामी सहित २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन