रौतहट, १२ पुस । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले विभिन्न स्थानहरुबाट भन्सार छलीको चोरी निकासी र पैठारी गरी ल्याएका करिव १३ लाखको सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालय बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सुचना अधिकारी एवं डिएसपी उमाशंकर यादवले नेपाल प्रहरी र सशस्त्र प्रहरीको विभिन्न विओपी युनिटहरुबाट संयुक्त रुपमा खटिएका टोलीले उक्त मूल्य बराबरको मालसामानहरुको साथै बेवारिसे आवस्थामा गाडीहरुलाई आवश्यक अनुसन्धानको लागि गौर भन्सार कार्यालयमा बुझाएको हो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी वल वेश क्याम्प फतुवाबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले जिल्ला रौतहट यमुनामाई गा.पा.वडा नम्वर ४ बम नहर स्थितमा .१५,८०० बराबरको चिनी र मैदा पक्राउ गरेको । प्रहरी चौकी मठियाबाट खटिएको प्रहरी टोलीले सानो लत्मरी स्थितमा विआर ३०–३७३२ र विआर ०६ विएल ४७४८ नम्वरको मोटरसाइकलमा लोड गरी ल्याएको ५३,६१८ विस्कुट, लेक्टोजिन दुध खाने तेल, चामल, चिनी र अन्दाजी मूल्य १ लाख २० हजारको २ वटा मोटरसाइकल सहित १ लाख ७३ हजार ६१८ बराबरको सामान बरामद गरेको जनाएको छ ।
सिमा प्रहरी चौकी लक्ष्मीपुर बेलविछुवा र सशस्त्र प्रहरी वल नेपाल बोर्डर आउट पोष्ट बेलविछुवाबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले जिल्ला रौतहट राजदेवी नगरपालिका वडा नं.९ ब्रम्हपुरी बाध स्थितमा विआर २५ एस–९४०४ नम्वरको बलोरोमा नेपालबाट भन्सार छली चोरी निकासी गरी सौफी रक्सी भारत तर्फ लैजादै गरेको १० लाख ९६ हजारको रक्सी सहित बलेरो गाडी गरी पक्राउ गरेको समेत गरी करिव १३ लाख मूल्यको सामानहरु आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाएको जानकारी सुचना अधिकारी यादवले दिए ।
सीमा क्षेत्रमा कडा निगरानी बढाइएको उलने स्पष्ट पारे ।