पश्चिमा हावा सँगै देश भरी चिसो बढे

117 Shares

काठमाडौं, १३ पुस । काठमाडौं उपत्यका सहित मुलुकभरीमा हिजोको तुलनामा आज धेरै जाडो बढेका छन् ।
पुस महिनाको मध्यतिर आइपुग्दा जाडो धेरै बढने अनुमान मौसम विदको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद राजु प्रधानाङ्गका अनुसार आज बिहान ५.४५ बजेको रेकर्ड अनुसार काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस छ ।
हिजोको तुलनामा १ डिग्री कम तापक्रम छ । हिजो काठमाडौंको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस मापन भएको थियो । तापक्रम घटदो क्रममा रहेकाले काठमाडौं उपत्यकासहित देशभर चिसो बढदै छ ।
पानी परेको बेला वा बादल लागेको बेला अधिकतम तापक्रम घटछ भने आकाश सफा भएको बेला न्यूनतम तापक्रम घटछ । सो दुवै अवस्थामा जाडो बढने मौसमविद प्रधानाङ्ग बताउँछन् ।
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । केही दिनमै कमजोर प्रकृतिको नयाँ पश्चिमी प्रणाली भित्रिने छ । मौसम पूर्वानुमानमा महाशाखाका अनुसार अहिले पश्चिम तराईका धेरै स्थानहरुमा मध्य र पूर्वी तराईका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार