तिन मेयर सहित ८ जना संग सोधियो स्पष्टीकरण, सवै पदमुक्त हुने सम्भावना बढे

   ७ बैशाख २०७८, मंगलवार १७:१९  

सपना झा
रौतहट, ७ वैशाख । नेकपा माओवादीको टिकट पाएर स्थानीय तहमा जितेका २ मेयर सहित सात जना जनप्रतिनिधि ओली समुहमा लागेपछि नेकपा माओवादी केन्द्रले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
औपचारिक रुपमा नेकपा विभाजन पछि माओवादी केन्द्र छोडेर एमालेको ओली समूहमा लागेको आरोपमा मौलापुरको मेयर रिनाकुमारी साह र कटहरियाको मेयर सियाराम कुश्वाहा सहित उपप्रमुखमा मौलापुर नगरपालिकाका उपमेयर गौरीशंकर जयसवाल, देवाही गोनाही नगरपालिकाकी उपमेयर परनिया देवी पटेल, फतुवा विजयपुर नगरपालिकाकी उपमेयर कान्ति देवी महतो, माधवनारायण नगरपालिकाकी उपमेयर सिमल कुमारी साह र यमुनामाई गाउँपालिकाकी उपाध्यक्ष गिता देवी साहलाई नेकपा माओवादी केन्द्रका रौतहटका जिल्ला सचिव देवेन्द्र पटेलले २४ घण्टे स्पष्टीकरण सोधेका हो ।
नेकपा माओवादी केन्द्रबाट टिकट लिएर मेयर उपमेयरमा निर्वाचित भएकाहरु ले पार्टीको नीति बिपरीत गतिविधि संचालन गरिरहदा उनीहरु संग चित्तबुझ्दो स्पष्टीकरण माग गरिएको जनाइएको छ । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचन पछि नेकपा माओवादी र नेकपा एमाले मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेको थियो । सर्वोच्च अदालतले नेकपालाई खारेज गरी दुवै पार्टी लाई पुर्वबत अवस्थामा एमाले र माओवादी केन्द्र बनाइ दिएपछि दुवै पाटी अलग भएका थिए । अहिले दुवै पार्टीले पार्टी विपरित लागेकाहरु संग स्पष्टीकरण लिने होड चलेको छ ।
चुनाव जितेको दल त्याग गरेर अन्य दलमा प्रवेस गर्नेलाई पदमुक्त गरिने कानुनी व्यवस्था रहेको छ । चित्त बुझ्दो जवाफ नआए राजनैतिक दल सम्बन्धि ऐन २०७३ अनुसार कारवाही प्रकृया अगाडि बढाउने समेत स्पष्टीकरण पत्रमा भनिएको छ ।
यसअघि माओवादी केन्द्रले रौतहट क्षेत्र नम्वर ३ का संघिय सांसद प्रभु साह र क्षेत्र न ३ (ख) का प्रदेश २ का सांसद कुन्दन कुश्वाहालाई पार्टी बदलेको भन्दै सासंद पदमुक्त गरिसकेको छ ।
यसैगरी नेपाली काँग्रेस रौतहटका सभापति कृष्णप्रसाद यादवले इशनाथ नगरपालिकाको मेयर सन्तोष मेहता संग स्पष्टीकरण सोधेको छ । मेहता निर्वाचनमा विजय गच्छेदारको नेतृत्वमा रहेको पार्टीबाट टिकट लिइ जितेका थिए तर उक्त पार्टी काग्रेसमा विलय भएपछि उनी काँग्रेसमै रहनुपर्ने तर अहिले आएर प्रभु साह निकट लागेको हुँदा काग्रेसले सोधेको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएमा मेहताको पद पनि गम्ने खतरा बढ्ेर गएको नेपाली काग्रेस जिल्ला सभापति यादवले बताए ।
(समाचार लेख्ने परिक्षार्थी पत्रकार हुन्)

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै