ओली सरकारमा कस्तो रहला नेपाल भारत सम्बन्ध

288 Shares

यितेन्द्र शर्मा
नेकपा एमाले सहित विभिन्न दलको समर्थनमा नेपालको ४४ औं प्रधानमन्त्री बन्न सफल भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको कार्यकालमा मित्र राष्ट्र संगको सम्बन्ध कस्तो रहला भने अहिले प्रश्न उब्जिएको छ ?
खास गरेर उत्तरी र दक्षिण छिमेकी मित्र राष्ट्र चीन तथा भारत संग सम्बन्धको आधारमा मुख्य केन्द्र्रीत रह्ने हो ? त्यसमा पनि भारत संगको सम्बन्ध विगत भन्दा सुधारोन्मुख हुने हो भने चासोको विषय बनेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा प्रधानमन्त्री प्रचण्ड बनेपनि सरकारको असली साँचो ओलीको हातमा रहेको हुँदा ओली सरकारको भारत प्रतिको नीति कस्तो रहदा त्यस माथि आउदो दिनले देखाउने छ । खास गरेर भारत संग नेपालको व्यापारिक, साँस्कृतिक, धार्मिक, वैवाहिक लगायतका विभिन्न सम्बन्धहरु रहेको हुँदा उक्त सम्बन्धलाई अझ प्रगाढ बनाउने कार्यमा खरो उत्रिनुपर्ने आवश्यक्ता देखिन्छ ।
तेश्रो मुलुकबाट व्यापार गर्नका लागि भारतीय समुद्री बाटो प्रयोग गरेर आउने व्यापारिक सामानहरुलाई नियमित रुपमा राख्नका लागि भारत संगको सम्बन्ध प्रगाढ हुनुपर्ने अन्यथा सम्बन्ध विग्रियो भने नेपाललाई नै ठूलो क्षति हुने राजनीतिक विश्लेशकहरु बताउँछन् । छिमेकीहरु संगको सम्बन्ध राम्रो बनाउनका लागि विदेश मन्त्री एमालेकै हुनुपर्ने जिकिर गर्दै विश्लेशकहरु बताउँछन् की ओली सरकारमा एमालेकै परराष्ट्र मन्त्री रहेमा राम्रो हुने छ ।
पछिल्लो समयमा रहेका ओली सरकारको केही हतारको कदमबाट दुई तिहाईको कम्युनिष्ट पार्टीको सरकार ढलेर देउवा सरकार गठन भएका थिए । त्यस्ता बाध्यात्मक अवस्था आउन नदिन यसपाली केपी शर्मा ओली चनाखो भई भारत संगको सम्बन्धलाई प्रगाढ बनाउने कार्यमा अघि बढ्ने संकेतहरु देखिएका छन् । ओलीको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डको पहिलो प्रतिक्रिया भारतीय संचारमाध्यमहरुले लिएको हँुदा आउदो दिनहरुमा भारत प्रतिको सोचमा परिवर्तन आई सम्बन्ध झन् प्रगाढ बन्ने विश्वास लिइएको छ ।
खास गरेर केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विचको सम्बन्ध अत्यन्तै राम्रो रहेको पाइएको छ । दुबै आ आफना देशका राष्ट्र नायकको रुपमा रहेको हुँदा नेपाल भारत बीचको सम्बन्धलाई अझ प्रगाढ एवं सुमधुर बनाई दक्षिण एशियामा नेपाल भारत विकासको गतिमा संग संगै अघि बढ्न सक्ने राजनीतिक विश्लेशकहरु बताउँछन् ।
केही मानिसहरुको मानसपटलमा बदलिदो घटनाक्रमबाट भारतलाई अहिलेको सरकारबाट निकै खतरा रहेको आशंका गर्दै एमाले संग दुरी रहेका माओवादीलाई मिलाउन चीनको भुमिका सक्रिय रहेको हुँदा ३२ सीट भएका माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेको बताँउछ । तर जतिसुकै शंका उपशंका खडा गरेमा पनि नेपालको हित चाँही भारत संगको सम्बन्ध सुमधुर कायम रहेमा मात्रै सम्भव छ, यस बारेमा ओली र मोदी दुबै नेता राम्ररी संग बुझेको हुँदा आउदो दिनमा नेपाल र भारत बीचको सम्बन्धमा प्रभाव नपर्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।