मेलम्चीको पानी काठमाडौंमा

138 Shares

काठमाडौं, १४ पुस । मेलम्चीको पानी वितरण गर्न काठमाडौँको खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको १ हजार १० किमी वितरण सञ्जालमध्ये ५ सय ३२ किमीमा पानी परीक्षण सम्पन्न भएको छ ।
बाँकी क्षेत्रमा पानी परीक्षणको तयारी भइरहेको निर्देशनालयका प्रवक्ता चन्द्रकुमार श्रेष्ठले जानकारी दिए । तेस्रो पटक मेलम्चीको पानी राजधानी आउनु अघि दैनिक २० देखि २५ किमी क्षेत्रमा पानी परीक्षण गर्ने गरिएको थियो ।
लिमिटेडको पुरानो स्रोतबाट वितरण भएको पानीले त्यसबेला पानी वितरण गर्ने गरिएको थियो । मेलम्चीको पानी आउन थालेपछि गत मङ्सिर तेस्रो सातादेखि भने दैनिक ६० देखि १ सय किमीसम्म पानी परीक्षण गर्ने गरिएको उनले बताए ।
परीक्षणका क्रममा नयाँबजार, बानेश्वर, लैनचौरलगायत क्षेत्रमा नेपाल विद्युत प्राधिकरण र काठमाडौँ महानगरपालिकाले विद्युतका तार भूमिगत, ढल व्यवस्थापन लगायत प्रयोजनका लागि खन्दा पाइप पनि काटिएको अवस्थामा भेटिएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार