181
Shares
जनकपुरधाम, १४ पुस । धनुषाको कमला नगरपालिकामा बिहिवार मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ ।
कमला नगरपालिका ८ का हरिने बस्ने २८ वर्षीय रामचन्द्र ठाकुरको मृत्यु भएको हो । आज बिहान वीरेन्द्र बजार महिनाथपुर हुलाकी सडकखण्डको शहीदनगर नगरपालिका ६ हठीपुरमा मधेस प्रदेश–०२–००६ प १८१९ नम्बरको मोटरसाइकल विजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको छ ।
ठाकुर गिद्धादेखि यदुकोहातर्फ जाँदै गरेको बेला उनले चलाइरहेको मोटरसाइकल कलभर्टमा रहेको पोलमा ठोक्किएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।