रौतहट, १४ पुस । पुस महिनाको कठ्याङग्रिदो चिसोमा चन्द्रपुर नगरपालिकाको डुमरियामा रहेका दलित बस्तीमा न्यानो कपडाको अभावमा पराल ओछ्याएर सुत्ने गरेका छन् ।
चिसो छल्न न्यानो डस्नाको अभावमा चन्द्रपुर नपा ९ डुमरिया स्थित मुसहर बस्तीका बासिन्दाहरु राम्रो ओढ्ने ओछ्याउने न्यानो कपडाहरुको अभावमा पराल ओछ्याएर कष्टकर जीवन व्यतित गर्दै आएका हुन् ।
उक्त बस्तीमा रहेका ९५ घर परिवारका सदस्यहरु दुई छाकको जोहो गर्न दिनभरी ज्याला मजदुरी गरेर आएपछि कठ्याँग्रिदो चिसोमा परालमा सुतेर रात काट्नु परेको समस्या विद्यमान रहेका छन् ।
सरकारद्धारा जनता आवस कार्यक्रम अन्तर्गत पक्की घर बनाई दिएको पनि गुणस्तरहिन भएका कारण उनीहरुलाई बर्षाको पानी घर भित्र छिर्ने, चैत बैशाखमा हवा हुरीले सताउने र जाडोको बेला जस्तापाता बाट शित झरेर सुत्नै नसक्ने अवस्था भएको स्थानीय बासिन्दा रामदेव माझीले गुनासो पोखे ।
तराईमा बढेको शितलहर एवं कठ्याँग्रिदो चिसोमा पनि जस्ता पाताबाट घर भित्रनै टपटप चुहिने गरेकाले घरमा पराल ओछ्याएर सुतेपनि माथि बाट शरिरमा शित झर्ने गरेको रामदेवको भनाइ रहेको छ । गरिव तथा विपन्न मुसहर बस्तीको कन्तबिजोकको बारेमा तीनै तहको सरकारले वास्ता नगरेको स्थानीयहरुको भनाइ रहेको छ । झ्याल ढोका नभएका नाम मात्रको पक्की घरमा बस्नै नसक्ने अवस्थामा रहेको स्थानीय शान्ति देवीले बताइन । शितलहरीमा घर भित्रै शित झर्ने, बर्षाको पानी पनि घर भित्रै छिर्ने र हावाहुरीका बेला पनि घरमा पकाएर खान नसक्ने अवस्था रहेको शान्तिदेवीको गुनासो छ ।
यस्तोे अवस्था जिल्लाका विभिन्न स्थानहरुमा बनाइएको जनता आवास कार्यक्रमको घरमा बसोबास गर्ने दलत समुदायको पिडा रहेको छ । घरपालुवा जनावर बंगुर त्यही राख्ने, खाना त्यसैमा पकाउने र बसेर त्यही खाने भएको हुँदा उनीहरुको अवस्था हेर्दा रौतहटको दलित समुदायका बासिन्दाहरु अझै १८ औं शताब्दीकै जीवनशैलीमा बाचिरहेका देखिन्छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन