नारायणी अस्पतालमा कोरोना संक्रमित एक विरामीको मृत्यु

तराई टप संवाददाता
पर्सा, ८ बैशाख । वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचार गराइरहेका एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ ।
एन्टीजेन प्रविधिबाट सङ्क्रमण पुष्टि भइ मंगलबार देखि अस्पतालमा उपचार गराइएका सर्लाही जिल्लाको मलंगवा नगरपालिका वडा नम्बर २ निवासी ४२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
मृतक पुरुषलाई गएराति अस्पतालमा भर्ना गरिएपछि एन्टीजेन प्रविधिबाट परिक्षण गर्दा सङ्क्रमण पुष्टि भएको अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए । उनको आज बिहान अस्पतालको आईसीयू वार्डमा उपचार गर्दागर्दै मृत्यु भएको डा. दासले बताए ।
हिजो वेलुकी उनको स्वास्थ्यमा अचानक समस्या आएपछि नारायणी अस्पतालमा भर्ना गरिएको थियो । गम्भीर र कडा किसिमको निमोनिया सँगै श्वासप्रश्वासमा समस्या भएका उनलाई परिवारका सदस्यले थप उपचारका लागि काठमाडौँ लग्ने तयारी गरिरहँदा उनको मृत्यु भएको डा. दासले बताए ।