स्वास्थ्यको मापदण्ड पुरा गरेर मात्रै घरबाहिर निस्कन प्रशासनको अनुरोध, विना मास्क बाहिर निस्किए जरिवाना हुने प्रशासनको चेतावनी

   ८ बैशाख २०७८, बुधबार १६:०३  

तराई टप संवाददाता
रौतहट, ८ बैशाख । कोरोना संक्रमणको दोश्रो लहरले रौतहटमा संक्रमितको सँख्या बढदै गए पछि जिल्ला प्रशासन कार्यालयले स्वास्थ्यको मापदण्ड पालना नगर्नेहरु विरुद्ध सुरक्षालाई कडाईका साथ पालना गर्न जिल्लावासी संग अनुरोध गरेको छ ।
कोरोना संक्रमणको दोश्रो लहर सुरु भएपछि रौतहटमा हाल ३१ जनामा कोरोना संक्रमण पुष्टी भईसकेको हो । बैशाख १ देखी ७ गते सम्म भएको ५१ जनाको परिक्षणमा ३१ जना संक्रमित भेटिएका हुन । संक्रमण बढदा समेत स्थानियले सचेतना नअपानाए पछि जिल्ला प्रशासन कार्यालयले मास्क नलगाउनेलाई नगद जरिवाना गराउने निर्णय गरेको छ ।
मंगलबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले मास्क नलगाउनेलाई एक सय रुपैंया जरीवाना गर्ने, प्रत्येक पालिकाहरुमा क्वारेन्टीन स्थापना, गौर अस्पतालमा २५, धरहरीमा १ सय र चन्द्रनिगाहपुरमा ४० बेडको आइसोलेसन सेन्टर स्थापना गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।


अवस्था हेरेर गौरमा थप दुई वटा आइसोलेसन निर्माण गर्ने निर्णय समेत भएको छ । प्रमुख जिल्ला अधिकारी यादवले भने “होम आइसोलेसनमा रहेका व्यक्तिहरुले मापदण्ड पालना नगरेमा त्यस्ता संक्रमितलाई सामुदायीक क्वारेन्टीनमा राखिने चेतावनी दिए ।” सिमा नाकाहरुमा समेत सुरक्षाकर्मीहरुले निगरानी बढाएको उनले बताए ।
कोरोना संक्रमितहरु होम आइसोलेसनमा रहेपनि उनीहरु किनमेलका लागि बजार जाने तथा घर बाहिर निस्कने गुनासो बढे पछि त्यस्ता संक्रमितहरुलाई फोन मार्फत सचेत गराइएको प्रजिअ यादवले जानकारी दिए । संक्रमितहरु घर बाहिर देखिए उनीहरुलाई सम्बन्धित नगरपालिकाले संचालन गर्ने क्वारेन्टीनमा लगेर राखिने उनले बताए ।
सदरमुकाम गौरको विभिन्न चोकहरुमा प्रमुख जिल्ला अधिकारी यादव, नेपाल प्रहरीको एसपी सिद्धीविक्रम शाह, सशस्त्र प्रहरीको एसपी सुर्यबहादुर सेन ओली, राष्ट्रिय अनुसन्धानको एसपी मुकुण्ड खड्का, गौर नगरपालिकाको मेयर अजयकुमार गुप्ता सहित निर्वाचित जनप्रतिनिधिहरु संगैं उद्योग वाणिज्य संघका अध्यक्ष पंडित जयसवाल सहितका व्यक्तिहरुद्धारा स्थानियलाई मास्क वितरण गर्दै एक पटकको लागि चेतावनी दिएर छाडिएको तथा अव उपरान्त मास्क नलगाएमा जरीवाना हुने जिल्ला प्रशासन कार्याय गौरले जनाएको छ ।
संक्रमितको सँख्या बढे पनि स्थानियले मास्क लगाउन तथा सावधानी अपनाउनमा वेवास्ता गरिरहदा प्रशासनीक निकायको प्रमुख सहित जिल्लाको विभिन्न स्थानमा मास्क वितरण गर्दै अनिवार्य रुपमा घरबाहिर निस्कदा मास्क, हैण्ड सेनेटाइजरको प्रयोग गर्नुका साथै समाजिक दुरी कायम राख्न आग्रह गर्दै यदी प्रशासनीक पहलकदमीको उलंघन गरेमा कोभिड ऐन अन्तर्गत कारवाहीको भागी बन्नु पर्ने चेतावनी दिइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै