175
Shares
काठमाडौं, १५ पुस । प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) र भारतीय राजदूत नवीन श्रीवास्तव बीच प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार भेटवार्ता भएका छन् ।
नेपालका लागि भारतीय राजदूत श्रीवास्तव आज विहानै प्रधानमन्त्री निवास बालुवाटार पुगेर भेटवार्ता गरिएका श्रोतले जनाएका हुन् ।
सो अवसरमा नेपाल–भारत बीचको सम्बन्धलाई अझै मजबुत बनाउने बारे छलफल भएको प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले जनाएको छ । राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएका बधाई पत्र प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेका थिए । बिहीबार अमेरिकी राजदूत डिन आर थम्पसनले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका थिए । राजदूत थम्पसनले दुवै देशबीच आगामी दिनमा मिलेर काम गर्ने जानकारी दिएका थिए ।