कोलम्बो, १५ पुस (एजेन्सी । चरम आर्थिक समस्याबाट गुज्रिरहेका श्रीलंकामा ५७ लाख नागरिक मानविय सहायताको खाँचो रहेको एक रिपोर्टमा उल्लेख गरिएको छ ।
रेडक्रसको अन्तरराष्ट्रिय संस्था (आइसिआरसी) ले यसबारे जानकारी दिँदै श्रीलंकाका करिब ५७ लाख मानिस मानवीय सहायताको खाँचोमा रहेको उल्लेख गरेको हो । हालैका केही महिनायता श्रीलंकाले जटिल आर्थिक समस्याको सामना गरिरहेको छ । यहाँका कतिपय नागरिकलाई दैनिक आधारभूत आवश्यकताको खाँचो पर्दै गएको देखिएको पनि सो संस्थाले हालै सार्वजनिक गरेको एक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
पछिल्लो समयमा श्रीलंकाको मुद्रास्फिती, वैदेशिक मुद्राको अभाव झेल्नुपरेको छ । जसका कारण यहाँको आर्थिक अवस्था निकै कमजोर हुदै गएको छ । त्यहाँ आर्थिक समस्या सँगै कृषि उत्पादनमा पनि कमी आएकाले खाद्यान्न असुरक्षाको अवस्था पनि देखिएको छ । खाद्य असुरक्षाका कारण नै यहाँका नागरिकलाई विशेषगरी मानवीय सहायता आवश्यक परेको सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।
मल बीऊको अभावमा यहाँ स्वदेशी कृषि उपज पनि आवश्यक मात्रामा उत्पादन हुन नसकेको र स्वदेशी खाद्यान्न वा राष्ट्रिय स्तरमा हुने मागको पूर्ति हुन नसकेको बताइएको छ । श्रीलंकामा आर्थिक समस्यासँगै कृषिमा पनि समस्या उत्पन्न भएको छ । किसानले समयमै मल र बीऊ पाउन नसकेकाले यस्तो आवस्था आएको बताइएको छ ।
त्यहाँका करिब ४९ लाख नागरिकले खाद्य असुरक्षाको समस्या भोग्नुपरेको बताइएको छ । यसरी त्यहाँको जनसंख्याको करिब २२ प्रतिशत जनसंख्या खाद्य असुरक्षाको समस्यामा परेको पनि सो प्रतिवेदनमा जनाइएको छ । अन्तरराष्ट्रिय समाचार एजेन्सीको सहयोगमा तयार पारिएको रिपोर्ट ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन