176
Shares
जनकपुरधाम, १५ पुस । मधेश प्रदेशमा निर्वाचित साँसदहरुलाई शुक्रवार सपथग्रहण गराइएको छ ।
जनकपुरधाम स्थित मधेश प्रदेश सभा हलमा प्रदेश साँसदहरुलाई प्रदेश सभाका जेष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले सपथ ग्रहण गराएको हो ।
१०४ जना प्रदेश सांसदले पद तथा गोपनियताको सपथ लिएको छ । जसमध्ये ५५ जना प्रदेश सभा सदस्यले नेपाली भाषामा शपथ ग्रहण गरेका छन भने ४९ जना प्रदेश सभा सदस्यहरुले आ आफ्नो मातृ भाषामा शपथ ग्रहण गरेको बताइएको छ ।