तिब्बत । तिब्बतमा नयाँ नितिको आडमा चरम मानवअधिकारको चिनियाँ सरकारले गरिरहेको पाइएका छन् ।
चीनमा सि जिनपिंगको सरकारले तिब्बतमा नयाँ नीतिका आड (बहाना) मा मानव अधिकार उल्लङ्घन र साँस्कृतिक माथि अतिक्रमणलाई निरन्तरता दिदै आइरहेको पाइएका हुन् । तिब्बत प्रेसका अनुसार कम्युनिष्ट पार्टीको शासन विरोधी आवाज दबाउन चीनले तिब्बतमा दमन जारी राखेको छ ।
पछिल्ला केही समयमा तिब्बतमा तिब्बती विरुद्धको हिंसा एवं यातनाका घटना बढेको पनि तिब्बत प्रेसले उल्लेख गरेको छ । अहिले तिब्बती संस्कृति र भाषाको प्रयोगमा पनि कडाई गरिएको छ । चीनले आफ्नो प्रकाशनमा ‘दलाई लामा’ भन्ने शब्दमाथि प्रतिबन्ध लगाएको बताइएको छ ।
चीनले सन् २०२२ को जनवरी महिनामा मात्रै तिब्बतमा रहेका ९९ वटा अग्ला धार्मिक प्रतिमा एवम् ४५ वटा परम्परागत बौद्ध गुम्बाहरु पनि ध्वस्त पारिदिएको तिब्बत प्रेसले जनाएको छ । एएफपी ।