193
Shares
रौतहट, १९ पुस । कठ्याग्रिदो चिसोलाई मध्यनजर गर्दै गौर नगरपालिकाले बुधवार देखि शुक्रवार (तिन दिन) को लागि नगरभित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
पुस महिनाको कठ्याग्रिदो चिसोबाट बालबालिकाहरुलाई सुरक्षित राख्ने उद्देश्यबाट मंगलवार नगरपालिकाको प्रमुख स्तरिय बैठकबाट भोली देखि शुक्रवार अर्थात पुस २० देखि २२ गते सम्म विद्यालय बन्द गर्ने निर्णय भएको हो ।
नगरपालिकाको शिक्षा संयोजक नागेन्द्र प्रसाद मण्डलद्धारा हस्ताक्षरित पत्रमा बर्षे विदाबाट कट्टा गरेर जाडोको विदा तिन दिनको लागि दिइएको नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयलाई सर्कुलर पठाइको उक्त पत्रमा उल्लेख गरिएको छ ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन