रौतहट, १९ पुस । विश्वव्यापी कोभिड–१९ को संक्रमणलाई मध्यनजर राख्दै बढि भिडभाड भएको स्थानमा जानुपर्दा अनिवार्य रुपमा मास्क एवं सेनेटाइजरको प्रयोग गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटले सर्वसाधारणहरु संग आग्रह गर्दै नेपालमा कम हुँदै गएतापनि विश्वव्यापी रुपमा हेर्दा छिमेकी राष्ट्र लगायत केही देशहरुमा नयाँ भेरियेन्टको देखापरेको हुँदा भिडभाड भएको स्थानमा जानुपर्दा अनिवार्य रुपमा मास्क र सेनिटाइजरको प्रयोग गरेमा सुरक्षित रहन सकिन्छ ।
कोभिड १९ संक्रमणको जोखिम तथा असरबाट सुरक्षित रहन बढी भिडभाड हुने स्थानहरुमा नजाने, सार्वजनिक यातायातका साधन तथा बढी भिडभाड हुने स्थानहरुमा जानु पर्दा अनिवार्य रुपमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने, गराउने, भौतिक दूरी कायम राख्ने लगायतका जनस्वास्थ्यका मापदण्डहरुको पूर्ण रूपमा पालना गर्न प्रमुअ जिल्ला अधिकारी कृष्णबहादुर शाहीले रौतहटबासी संग आग्रह गरे ।