काठमाडौं, २० पुस । आइएमई पे र आईएमई लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड बिच सेवा प्रवाह गर्ने सम्बन्धि सम्झौता भएको छ ।
सम्झौता अनुसार आईएमई लाइफ इन्सोरेन्स कम्पनीका सेवाग्राहीहरूले आइएमई पे वालेट बाट बीमा प्रिमियम भुक्तानी गर्दा १ हजार सम्म क्यास ब्याक प्राप्त गर्न सकिने गरी व्यवस्था मिलाइएको हो ।
सम्झौता आदानप्रदान कार्यक्रममा संक्षिप्त मन्तब्य राख्दै आइएमई पे का प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले सम्झौता सँगै डिजिटल वालेटको माध्यमबाट बीमा प्रिमियम भुक्तानी गर्न ग्राहकहरुलाई प्रोत्साहन मिल्ने बताए ।
आईएमई लाइफ इन्स्योरेन्सका प्रयोगकर्ताहरूले नेपाल भरीको जुनसुकै स्थानबाट पनि सजिलै आइएमई पे बाट प्रिमियम भुक्तानी गर्न सक्नेछन् । प्रयोगकर्ताले भुक्तानी गरेपछि एक हजारको बोनस तुरुन्तै प्राप्त गर्न सक्नुका प्रयोगकर्ताले तोकिएको मिति भन्दा अघि वा तोकिएको मितिपछि जुनसुकै दिनमा प्रिमियम तिर्दा बोनस प्राप्तगर्न सकिने गरी व्यवस्था मिलाइएको आइएमईले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन