भारतको नासिक शहरमा रहको जाकिर हुसेन अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा कम्तीमा ११ जनाको मृत्यु

912 Shares

रौतहट, ८ वैशाख । मित्र राष्ट्र भारतको महाराष्ट्र राज्यको नासिक शहरमा रहेका डाक्टर जाकिर हुसेन अस्पतालमा अक्सिजन ट्यांक लिक भएको छ । अक्सिजन ट्यांक लिक भएपछि कम्तीमा ११ जनाको मृत्यु भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।
नासिक नगर निगमका आयुक्त कैलाश जाधवले उक्त घटनामा ११ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । अक्सिजन लिक भएकोले अस्पतालमा आधा घण्टा सम्म अक्सिजन आपूर्ति रोकिएको थियो ।
जाधवका अनुसार अहिले प्राविधिक इन्जिनियरको सहयोगमा लिकेज बन्द गरिएको छ । तर, अस्पतालमा अब केवल २५ प्रतिशत अक्सिजन बचेको छ । कम अक्सिजन आपूर्तिको कारण भेन्टिलेटरमा भएका मानिसहरु जीवित रहन गाह्रो हुने उनले बताए । उनले अहिले घटनाको विषयमा अनुसन्धान भइरहेको र दोषीलाई कडा कारबाही हुने बताए ।
भारतीय समाचार एजेन्सी एएनआईका अनुसार अस्पतालमा ट्यांकरबाट अक्सिजन भर्ने क्रममा अक्सिजन लिकेज भएको हो ।
श्रोत एजेन्सीहरु

प्रतिक्रिया

सम्बन्धित समाचार