रौतहट, २० पुस । अत्याधिक चिसोको कारण अध्ययन अध्यापन गराउने वातावरण प्रतिकुल नहुँदा रौतहटको अधिकाँश पालिकाले आ आफना मातहतका सामुदायिक विद्यालय बुधवार देखि तिन दिनका लागि बन्द गरेका छन् ।
पुस महिनाको कठ्याग्रिदो चिसोबाट विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई सुरक्षित राख्ने उद्देश्यबाट गौर, कटहरिया, गरुडा, फतुवा विजयपुर, राजपुर, इशनाथ, गढीमाई नगरपालिका तथा दुर्गा भगवती र यमुनामाई गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयहरु बन्द गरिएका हुन् ।
पुस २० बाट २२ गते शुक्रवार सम्मका लागि बर्षे विदाबाट कटा हुनेगरी सामुदायिक विद्यालयहरु बन्द गरिएको सम्बन्धित पालिकाका शिक्षा शाखाहरुले जनाएका हुन् । बाक्लो हुस्सु संगै निरन्तरको शितलहरबाट कक्षा कोठा अत्याधिक रुपमा चिसो भएको कारण अध्ययन अध्यापन गराउने वातवरण प्रतिकूल नहुदा तिन दिनको लागि सामुदायिक विद्यालयहरु बन्द गर्नुपरेको जनाइएको छ ।
लगातार रुपमा चलिरहेको पश्चिमा हावाले अहिले रौतहट जिल्लामा अत्याधिक चिसो बढेको छ । कठ्याग्रिदो चिसोमा बालबालिकाहरुलाई सुरक्षित राख्न विद्यालयहरु बन्द गर्न प्रमुख स्तरिय निर्णय भएको गौर नगरपालिकाको शिक्षा संयोजक नागेन्द्रप्रसाद यादवले बताए ।
यसैगरी गढीमाई नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवका अनुसार बाक्लो हुस्सु र शितलहरबाट विद्यालय आउने विद्यार्थीहरुको संख्या निरन्तर रुपमा कमि आएपछि नगरभरीका सामुदायिक विद्यालय बन्द गर्नुपरेको जानकारी दिए ।
रौतहटको १८ स्थानिय तह मध्ये ११ स्थानीय तहले तिन दिनको लागि विद्यालय बन्द गरेको बुझिएको छ । यस सम्बन्धमा जिल्ला शिक्षा समन्वय इकाइ रौतहटका प्रमुख रामविनय सिंहले केही पालिकामा रहेका सामुदायिक विद्यालय बन्द भएको जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन