उत्तरी चीन संग जोडिएका सबै नाकाहरु कहिले खुल्लान ? नेपाली व्यवसायी र स्थानीयको दैनिकी प्रभावित

319 Shares

रौतहट, २१ पुस । नेपालमा एमाले सहित साना दलको समर्थनमा प्रचण्डको नेतृत्वमा सरकार बनेपछि उत्तरी छिमेकी देश चीनले केही नाका खोलेपनि अन्य नाकाहरु नखुल्दा सीमा क्षेत्रका नेपाली व्यवसाय प्रभावित बन्दै गएको साथै स्थानीय बासिन्दाहरुको दैनिक कार्य प्रभावित बनेका छन् ।
कोरोना संक्रमणको जोखिम बढेसँगै सन् २०२० को सुरुआतबाट बन्द भएका चिनियाँ उत्तरी नाका अझैसम्म नखुल्दा सीमा क्षेत्रका नेपालीको व्यवसाय र स्थानीय बासिन्दाको दैनिकी प्रभावित बनेको हुन् ।
ताप्लेजुङदेखि दार्चुलासम्म चीनसँग जोडिएका तीनवटा बाहेक अन्य नाकाहरु सञ्चालनमा नआउँदा स्थानीय उत्पादनको बिक्री ठप्प भएको छ भने आफ्नै सदरमुकामबाट दैनिक उपभोग्य वस्तु खरिद गर्न स्थानीय बासिन्दाले चर्को मूल्य तिर्नुपरेको अवस्था सृजना भएको छ । चीनसँगका नाकामध्ये रसुवाको रसुवागढी, सिन्धुपाल्चोकको तातोपानी र हुम्लाको यारीबाट आयात सुरु भएको छ । कम्युनिष्टको नेतृत्वमा सरकार बनेपछि ३५ महिना देखि बन्द रहेका रसुवागढी नाकाबाट निर्यात पनि खुलेको छ ।
कोरोनाका कारण चीनले झन्डै ३ वर्ष बन्द गरेको हुम्लाको यारी नाका गत सोमबारदेखि एकतर्फी खोलेको हो । नाका खुलेसँगै चीनबाट १८ ट्रक सामान आएको छ । जुत्ता, चप्पल, कम्बल र विकास निर्माणका सामग्री हुम्ला सदरमुकाम सिमकोट आइपुगेको हुम्लाकी प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन् ।
कर्णालीकै मुगुको नाक्चेनाङ्ला र डोल्पाको मरिम नाका भने चीनले अझै खोलेको छैन । जसका कारण स्थानीय बासिन्दा दैनिक उपभोग्य सामग्रीको अभाव झेल्न बाध्य छन् । तिब्बतसँग डोल्पा र मुगुको व्यापारिक सम्बन्ध लामो समयदेखि टुटेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार