download zoom cloud meeting app windows zoom room pc requirements zoom link not working on laptop www.download zoom www zoom app what to download for zoom

नक्कली पीसिआर रिपोर्ट तयार पार्ने सुरिया ल्यावका ६ जना कर्मचारी पक्राउ

   ८ बैशाख २०७८, बुधबार १६:५२  

तराई टप संवाददाता
काठमाडौं, ८ वैशाख । महानगरीय अपराध महाशाखाले नक्कली पीसिआर रिपोर्ट बनाउने ल्यावमा छापा मारेको छ ।
काठमाडौंको सिनामंगलमा रहेको सुरिया ल्याबमा छापा मारेर नक्कली पीसिआर रिपोर्ट तयार पार्ने गिरोहको भण्डाफोर गरेको हो ।
उक्त ल्यावबाट पीसीआर रिपोर्ट लिएर विदेश जान लागेका १२२ जना व्यक्तिलाई विमानस्थलबाट फर्काएको छन् । विभिन्न देशमा जानका लागि सुरिया ल्याबबाट पीसीआर रिपोर्ट लिएर विमानस्थलमा पुगेका १२२ जना यात्रुहरुलाई एयरलाइन्सले विमानस्थलबाट फर्काएको हो ।
विमानस्थल सुरक्षा कार्यालयका प्रमुख राजेशनाथ बास्तोलाका मंगलवार सुरिया ल्याबमा छापा मारेर नक्कली पीसीआर रिपोर्ट बनाएको रहस्य खुलेपछि एयरलाइन्सले त्यो ल्याबमा परीक्षण गराएका यात्रुहरुलाई विमानबाट बाहिर ओरालेका थिए । महानगरीय अपराध महाशाखाले अप्रेशन नै चलाएर प्रयोगशालाका ६ कर्मचारीलाई नियन्त्रणमा लएर आवश्यक कारवाही सुरु गरेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै